Logo

२०७९, आश्विन २० गते बिहिवार

images
images

देउवा–प्रचण्ड ८० सिटमा गोप्य सहमति

देउवा–प्रचण्ड ८० सिटमा गोप्य सहमति

images
  • 1.5K
    SHARES
  • images
    देउवा–प्रचण्ड ८० सिटमा गोप्य सहमति
    images
    images
    images

    कांग्रेसले गठबन्धनमा रहेका अन्य दललाई ८५ सिट छाडेर चुनावी अभियानमा निस्कने तयारी गरेको छ

    काठमाडौं - नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले आगामी ४ मंसिरमा हुने आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको उम्मेदवार चयनको जिम्मा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिएको छ। यो जिम्मेवारी सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटमा मोटामोटी सहमति भइसकेको संकेतका रुपमा लिइएको छ।
    सिट बाँडफाँटका निम्ति गठबन्धनले कार्यदललाई कार्यादेश दिए पनि उच्च तहमा गोप्य सहमति भइसकेको स्रोतले जनाएको छ। खासगरी मुख्य दुई दल नेपाली कांग्रेसका सभापति देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य सहमति भएको दाबी गरिएको छ।

    देउवालाई प्रचण्डले ८० सिट छाड्ने र बाँकी रहेको ८५ सिटमा चार दलको बाँडफाँटको सहमति गरिसकेका छन्। माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले ८५ सिटको बाँडफाँट गर्नुपर्ने हुन्छ। 
    ‘मोटामोटी सिटमा सहमति बन्ने सम्भावना देखिएको छ। तर, कुन दलले कुन क्षेत्रमा दाबी गर्ने भन्ने विषयको छलफल अघि बढिसकेको छ’, कार्यदलका एक सदस्य भन्छन्,‘त्यसका निम्ति पनि शिर्ष तहमा नै एक पटक बैठक हुनुपर्ने राय पनि मिलेको छ।’
    त्यसो त ८० सिटमा कांग्रेस सहमतिमा आउने प्रचण्डले माओवादीको बैठकमा बताएका थिए। देउवासँगको सहमतिका आधारमा नै प्रचण्डले उक्त धारणा कार्यदलका सदस्यसमेत रहेका नेतामाझ सुनाएका थिए। 

    गठबन्धनको बहुमत आएको खण्डमा आलोपालो प्रधानमन्त्री चलाउने विषयमा पनि देउवा–प्रचण्डको सहमति बनिसकेको छ। प्रचण्ड प्रधानमन्त्री भएको बेला देउवापत्नी राणालाई उपप्रधानसहित बलियो मन्त्रालयको जिम्मेवारी दिनेसम्मको सहमति बनेको उच्च स्रोतको दाबी छ। 
    ‘गठबन्धन भनेको लेनदेनका आधारमा नै सहमति गर्ने ठाउँ हो। कांग्रेस यो लेनदेनमा सहभागी हुनुको मुख्य कारण कम्युनिस्टको गठबन्धन नहोस् भनेरै हो, नत्र एमाले बलियो बन्नेछ’, स्रोतले भन्यो। 

    त्यसो त कांग्रेस नेता रामचन्द्र पौडेलले पनि यो गठबन्धन गरी चुनावमा जानु एमालेसँगको त्रास र कांग्रेसको बाध्यता समेत रहेको बताइसकेका छन्। कम्युनिस्ट एक भएको खण्डमा फेरि पनि कांग्रेसले सत्ताको बागडोर कहिले पनि समात्न नसक्ने कांग्रेसको ठहर छ।
    उता अमेरिकी तथा भारतीय पक्षलाई रिझाउँदै गठबन्धनबाट अलग हुन नसक्ने अवस्थामा प्रचण्ड रहेका छन्। भारतीय पक्षले प्रचण्डमार्फत नै सत्ता गठबन्धनलाई समर्थन गर्ने र बलियो शक्तिका रुपमा रहेको एमालेलाई किनारामा राख्नका लागि खेल चलाएको बताइन्छ। 

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको