Logo

२०७९, आश्विन २० गते बिहिवार

images
images
  • समाचार
  • बालेनको आक्रोश: असफल नै बनाउनु पर्ने...

बालेनको आक्रोश: असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ ?

बालेनको आक्रोश: असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ ?

images
  • 540
    SHARES
  • images
    बालेनको आक्रोश: असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ ?
    images
    images
    images

    काठमाडौँ - गठबन्धनमा आबद्ध धादिङको धुनिवेशी नगरपालिका–१ का ३ दलले बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेपछि त्यसप्रति काठमाडौंका मेयर बालेन शाहले आक्रोश पोखेका छन् ।

    ल्याण्डफिल साइट रहेको धादिङको धुनिवेशी नगरपालिकाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गरेकामा आपत्ति जनाउँदै फोहोरमाथि कुहिएको खेल खेलिएको उल्लेख गरेका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्दै त्यस्तो राजनीतिले कसैलाई अगाडि नबढाउने चेतावनी दिएका छन् ।

    यस्तो छ उनको स्टाटसः

    हामीले हिजो जानकारी गराएका थियौँ कि केहि अबरोध नभएमा आजबाट दैनिक २५० देखि ३५० फोहोर बोक्ने गाडीहरुले बञ्चरे डाँडामा फोहोर लैजाने छन् । तर आज दुई स्थानमा अलग अलग कारणले सडक अवरुद्ध गरियो । यसैले आज ९० वटा फोहोरका गाडीहरु मात्र बञ्चरे डाँडा पुग्न पाए ।

    आज दुई ठाउँमा सडक अवरुद्ध गर्नुका दुई कारणहरु थिए । १। कसैले फोहोर पानीको मुहानमा लगेर फ्यालिदियो भन्ने । यसमा दोषीलाई पत्ता लगाएर कारबाही पनि भइसक्यो । २। फोहोर बोक्ने गाडीले बाख्रा मारेको भन्ने । यसलाई पनि समाधान गर्यौँ । यी दुई अवरोध हटाउने बित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको भन्ने जानकारी पाएका छौँ ।

    वास्तवमै त्यो कसरत हो भने त्यो बिडम्बनापुर्ण हुनेछ । बञ्चरे डाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेका छन् । भुमि लिन तथा संरचना निर्माणमा र प्रभावितहरुले पाउने सुविधा तथा मुअब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको छ । यो झुक्याएर गरिएको पनि थिएन । यसका वैधानिक सम्झौताहरु छन् । ति सम्झौताहरुको पालना गर्नु सबैको कर्तव्य हो ।

    सँगसँगै, हामीले र हाम्रो संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ, त्यसमा एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ । यसका विपरित एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नु पर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिउँ । राजनीति त्यस्तो हुदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन । यसमा हेक्का राखौँ ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको