Logo

२०७९, आश्विन २० गते बिहिवार

images
images
  • समाचार
  • उद्योगीहरुले सुमार्गीलाई भने:  बस्तुगतस्थिति बुझेको तपाइँ...

उद्योगीहरुले सुमार्गीलाई भने:  बस्तुगतस्थिति बुझेको तपाइँ हो, केन्द्रिय उपाध्यक्ष लड्न तयार हुनुहाेस् हामी सघाउछौँ

उद्योगीहरुले सुमार्गीलाई भने:  बस्तुगतस्थिति बुझेको तपाइँ हो, केन्द्रिय उपाध्यक्ष लड्न तयार हुनुहाेस् हामी सघाउछौँ

images
  • 1.2K
    SHARES
  • images
    उद्योगीहरुले सुमार्गीलाई भने:  बस्तुगतस्थिति बुझेको तपाइँ हो,  केन्द्रिय उपाध्यक्ष लड्न तयार हुनुहाेस् हामी सघाउछौँ
    images
    images
    images

    काठमाडौ । नेपाल उद्योग बाणिज्य महासंघ मधेस प्रदेशको दशौँ कार्यसमिती बैठकको अवसरमा नवनिर्वाचित जिल्ला नगर अध्यक्षहरुलाई सम्मान तथा स्वागत गरिएको छ ।

    उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी प्रमुख आतिथ्यतामा बुधवार सम्पन्न कार्यक्रममा नवनिर्वाचित जितपुरसिमरा उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा, लालबन्दी उद्योग बाणिज्य संघका अध्यक्ष दिपेन्द्र बालङपखीं, सिरहालाहान उद्योग बाणिज्य संघका अध्यक्षलगायत पाँचजना अध्यक्षलाई बधाईका साथै खादा टिका लगाएर सम्मान गरिएको थियो ।

    सो क्रममा मधेस प्रदेश उद्योग बाणिज्य महासंघ अध्यक्ष गणेश लाठले अहिले उद्योग बाणिज्य महासंघमा भएको सबै समिती मध्ये कृषि उद्यम केन्द्रले उत्कृष्ट काम गरेको बताएका थिए ।

    उनले जिल्ला तथा नगरको समस्या सुन्ने र जिल्ला तथा नगरको बस्तुगत स्थिती थाहा भएकोले अबको जिल्ला नगरको केन्द्रिय उपाध्यक्षको उम्मेदवार अरुणराज सुमार्गी हुनुपर्ने बताए ।


    त्यसको लागि तयारी गर्न सुमार्गीलाई अनुरोधसमेत गरेका थिए । त्यसका लागि आफुले सम्पुर्ण सहयोग गर्ने बताएका थिए । उनले कृषि उद्यम केन्द्रले मधेस प्रदेशलाई माया गरेको बताउदै केन्द्रले नयाँ नयाँ खोज,अनुसन्धान र कृषिको बजारिकरणमा महत्वपुर्ण कार्य गरेको भन्द्र प्रशंसासमेत गरेका थिए । उनले मधेसको उद्योगी तथा व्यवसायीको समस्या सुनेर समाधान गर्न महासंघले पहल गर्नुपर्ने बताए ।

     

    कार्यक्रममा प्रमुख अतिथी सुमार्गीले नेपालमा अहिले कृषि उद्यम केन्द्रले गरिरहेको काम, आफुले पद सम्हालिसकेपछि केन्द्रले प्राप्त गरेको प्रतिष्ठाको विषयमा अवगत गराएका थिए । सुमार्गीले महासंघले कार्यसमितीबाट पास गरेर भिजन २०३० को योजना अन्तर्गत कृषिको विभाग आफुलाई केन्द्रको सभापतिको जिम्मेवारी सम्हालिसकेपछि कृषि उद्यम केन्द्रलाई रिर्सच एण्ड डेभलपमेन्टमा जोड्नपर्छ भनेर कृषि उद्यम तथा अनुसन्धान केन्द्र बनाएको बताए । उनले यतिबेला युएनको सल्लाहकार हुन पाउनु, बागमती प्रदेशको मुख्यमन्त्रीको सल्लाहकार हुन पाउनु आफुले कृषि उद्यम केन्द्रमा गरेको कामको परिणाम भएको दावी गरे ।

    उनले आगामी दिनमा स्पेरुलिना,पार्किया,बिभेनम लगायतका नयाँ किसिमका कृषि उत्पादनलाई व्यवसायिक तवरबाट बजारिकरण गर्ने अभियानमा आफु निरन्तर लाग्ने बताए । उनले विभिन्न स्थानीय सरकार,संघसंस्था लगायतसंग सहकार्य गरेर केन्द्रले आगामी दिनमा नयाँ कार्यक्रमसमेत ल्याउने बताए ।


    कार्यक्रममा केन्द्रका उपसभापति गोपाल केडिया,महासंघका केन्द्रिय सदस्य डा।सुभोध गुप्ता,केन्द्रिय सदस्य विजय साह,मधेस प्रदेशका उपाध्यक्ष अरुण प्रधान,मधेस प्रदेशका कार्यसमितीका पदाधिकारी तथा सदस्यहरु, मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष राजु अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

    कार्यक्रमपछि जितपुरसिमरा उद्योग बाणिज्य संघका अध्यक्ष शर्माले मधेसको जिल्ला तथा नगर उद्योगीले आगामी निर्वाचनमा अरुणराज सुमार्गीलाई साथ दिने वातावरण बन्दै गएको धारणा व्यक्त गरेका थिए ।

     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको