Logo

२०७९, आश्विन २० गते बिहिवार

images
images

खानका लागि जिन्दगीभर गुलामी ?

खानका लागि जिन्दगीभर गुलामी ?

images
  • 142.6K
    SHARES
  • images
    खानका लागि जिन्दगीभर गुलामी ?
    images
    images
    images

    काठमाडौँ - देशको सेवा गर्छु भन्ने सबैमा हुन्छ । त्यसमाथि ३०० वर्षको इतिहास बोकेको संस्था भनेर जब एक युवक सेनामा प्रवेश गर्छ, बल्ल थाहा हुन्छ देश सेवा कस्तो हुन्छ, गुलामी कस्तो हुन्छ । एक घण्टा दौडाएर र खेल देखाएर मात्रै त देशभक्तिको भावना दिगो नबन्ने रहेछ ।

    ब्यारेक बाँझो हुन्छ, ठेकेदारले कुहिएको साग ल्याउँछ त्यो पनि चर्काे मूल्यमा र रमाउँदै खाएर बसेका हुन्छन् सिपाही उपल्लो दर्जालाई त जे भन्यो त्यही प्राप्त हुन्छ, फ्रिजभरि मासु टुट्दैन । तल्लो दर्जा पूजा गरिरहेको हुन्छ तर यो सोच्दैन कि ठेकेदारले ल्याउने साग ब्यारेकभित्रै उत्पादन गर्न सकिन्छ । कुनै पनि देशको सेनाको उत्पादनले मात्रै त्यहाँको चरम विकास हुन सक्छ ।

    जस्तै : चीन, अमेरिका, बेलायत, भारत आदि तर यहाँ काम पनि छैन फुर्सद पनि छैन भनेजस्तो ज्यान बिगार्ने खेल मात्र खेलाइन्छ, जसले न उत्पादन स्तर बढाएको छ न आफ्नो शक्ति बृद्धि । अमेरिका र भारतले बेचेको न हान्न मिल्ने न आफूखुशी चलाउन मिल्ने हतियार भिराएर के काम ! न सार्वभौमिकता कमजोर हुँदा बोल्छ, न राष्ट्रियताको सवालमा प्रश्न उठाउँछ । भर्खरै उम्रेका जुम्राजस्ता राजनीतिकै गुलामी गर्नु छ भने ब्यारेक किन चाहियो ? भर्ना गर्दै एक एक जनालाई अंगरक्षक बनाएर पठाइदिए भैगो नि !

    संस्था नराम्रो हैन, इतिहास अमिट छ तर समग्र विश्वको राजनीतिक र आर्थिक अवस्था हेर्दा हाल सेनाको कुनै क्रियाकलापले राज्यलाई पुगेको फाइदा के ! सेना एक विद्रोही संस्था हो, जसले राज्यको हरेक क्रियाकलाप नियाल्दै जनताका साना समस्या समाधानको उपाय तत्काल खोज्न सक्नुपर्छ अनि मात्र त्यो देश देश बन्छ, यहाँ त टाउकेले देश बेचौँ भन्यो भने पनि ‘हस् हजुर’ भन्ने सोच हावी छ, न आफूले गरेको काममा लगनशीलता छ न कुनै प्रयोग ।

    यदि सेनालाई सेना नै बनाउने हो भने अब प्रविधिसहित आत्मनिर्भरताको बाटोमा लानुको विकल्प छैन । खानको लागि जिन्दगीभर गुलामी मात्र गर्नु कत्तिको जायज हुन्छ ? जनआस्थाबाट

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको