Logo

२०७९, आश्विन १९ गते बुधवार

images
images

हेटौंडा दुर्घटनामा सैनिक जवानको ज्यान गयो

हेटौंडा दुर्घटनामा सैनिक जवानको ज्यान गयो

images
  • 200.2K
    SHARES
  • images
    हेटौंडा दुर्घटनामा सैनिक जवानको ज्यान गयो
    images
    images
    images

    काठमाडौँ - हेटौँडाबाट बीरगन्जतर्फ गइरहेको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको ट्रकलाई ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ । हेटौंडा उपमहानगरपालिका–९ एचआईडीमा आज अपरान्ह दुर्घटना भएको हो ।

    ग २२ प ६१३ नम्बरको मोटरसाइकलले सोही दिशा जाँदै गरेको ना ४ ख ९६०३ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल अनियन्त्रित भई ठोक्किएको हो । सो क्रममा मोटरसाइकलमा सवार पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं २ की २५ बर्षीया श्रृजना विश्वकर्माको मृत्यु भएको छ ।

    घटनालगत्तै घाइतेलाई हेटौँडा अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक आदर्श विश्वकर्मा र उनका ५ बर्षका छोरा आशिष घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    मृतक श्रृजना र उनका श्रीमान आदर्श नेपाली सेनाको राजदल गण खैरहनीटार तनहुँमा कार्यरत रहेको बताइएको छ । ट्रकलाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको मकवानपुरका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको