Logo

२०७९, आश्विन १९ गते बुधवार

images
images

कक्षा १२ को नतिजा आज नआउने

कक्षा १२ को नतिजा आज नआउने

images
  • 862
    SHARES
  • images
    कक्षा १२ को नतिजा आज नआउने
    images
    images
    images

    काठमाडौँ : कक्षा १२ को बोर्ड परीक्षाको नतिजा आज (मंगलबार) सार्वजनिक नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बेलुकासम्म नतिजा सार्वजनिक गर्नेगरी तयारी गरेको थियो ।

    तर, प्राविधिक काम नै नसकिएकाले नतिजा प्रकाशन गर्न नसकिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । ‘दिनभर लगाएर पनि टेक्निकल प्रोसेस सकिएन । अझै केही समय लाग्छ । त्यसपछि पनि प्रोसेसिङ हुन मात्रै ३/४ घण्टा लाग्छ । आज समय अभावले नतिजा प्रकाशन गर्न नसकिने भयो,’ अध्यक्ष शर्माले भने । 

    सम्भवतः भोलि बुधबार नतिजा प्रकाशन गर्न सकिने अध्यक्ष शर्माले बताए । ‘भोलि कति बेला टेक्निकल काम सकिन्छ । त्यसपछि सम्भवतः भोलि सार्वजनिक गर्छौ होला । अहिले नै यहि मितिमा सार्वजनिक गर्छौ भनेर भन्न सकिने अवस्था छैन्,’ अध्यक्ष शर्माले भने । बोर्डले आज नतिजा प्रकाशन गर्ने तयारी गरेको थियो । त्यसका लागि साढे ३ बजे बोर्ड बैठक समेत बोलाएको थियो । तर, प्राविधिक प्रक्रिया नै नसकिएकाले आजलाई रोकिएको हो ।

    बोर्डले आजै मोबाइलबाट नतिजा हेर्न सकिने भनेर सूचना प्रकाशन गरेको थियो ।  बोर्डले https://neb.ntc.net.np/ ​ मा गएर नतिजा हेर्न सकिने भनेर सूचना प्रकाशन गरेको थियो । त्यस्तै आईभीआर सिस्टम अन्तर्गत लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गरेर नतिजा हेर्न सकिनेछ । भने १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको