Logo

२०७९, आश्विन १९ गते बुधवार

images
images

एडुसञ्जालले ल्यायो सिम्याटको निःशुल्क अनलाइन तयारी

एडुसञ्जालले ल्यायो सिम्याटको निःशुल्क अनलाइन तयारी

images
  • 659
    SHARES
  • images
    एडुसञ्जालले ल्यायो सिम्याटको निःशुल्क अनलाइन तयारी
    images
    images
    images

    काठमाडौं - एक दशकभन्दा लामो समयदेखि विद्यार्थीलाई शैक्षिक गतिविधिमा मद्दत गर्दै आएको एडुसञ्जालले सिम्याटको अनलाइन तयारी कक्षा सञ्चालनमा ल्याएको छ । 
    जसअन्तर्गत विद्यार्थीले आफ्नो मोबाइल वा ल्यापटपबाट इन्टरनेटको सहयोगमा एडुसञ्जालको आधिकारीक वेबसाइट (सिम्याट डट इडियु सञ्जाल डट कम) मा गई सिम्याटको कक्षा लिनसक्ने व्यवस्था गरिएको छ । साथै सिमित अबधिका लागी यो सुबिधा निःशुल्क रूपमा प्रदान गरिएको जानकारी संस्थापक बिदुर आचार्यले दिए । ‘सिम्याट परीक्षाको तयारीलाई थप सहज बनाउन अनुभवी प्रशिक्षकसँगको सहकार्यमा अनलाइन भिडियो सामग्री राखेका छौँ’ उनले भने, ‘हरेक लेसनको पछाडि क्विज पनि राखेका छौँ । जसले विद्यार्थीलाई आफ्नो बुझाइ र सिकाइको आफैँ मूल्यांकन गर्न मद्दत मिल्ने विश्वास लिएका छौँ ।’

    भौतिक उपस्थितिमा पठनपाठनका लागि समयको निश्चित अवधि हुँदा विद्यार्थीलाई केही असहज हुने गरेको छ । तर अनलाइन पठनपाठनमा विद्यार्थीले आफ्नो समय अनुकूल पठनपाठन गर्न सहज वा उपयुक्त हुने, साथै काठमाडौँ उपत्यका बाहिरका बिद्यार्थीहरुका लागि पनि यसले थप सहजता प्रदान गर्ने विश्वास लिएको उनले बताए । ‘विद्यार्थीले यो अनलाइन कोर्ष पूरा गरिसकेपछि परीक्षाका लागि ट्रिक र टिप्स पाउने, उच्च अंक हसिल गर्न सहयोग हुने, आफैँलाई मूल्याङ्कन गर्ने र आफ्नो क्षमता पत्ता लगाउने अवसर पाउने र व्यावसायिक तथा दैनिक जीवनमा उपयोगी हुने ज्ञान हासिल गर्नेछन्,’ उनले भने,  ‘मोक टेस्ट र विगतमा सिम्याटमा सोधिएका प्रश्न पनि सोही लेसनमा समावेश गरेकाले विद्यार्थीलाई अझ सहज हुने विश्वास छ ।’
    के हो सिम्याट ? 

    त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गत सेमेस्टर सिस्टममा आधारित बिबिए, बिबिएम, बिएचएम, बिआइएम, बिपिए, बिटिटिएम र बिएमएसको शैक्षिक कार्यक्रमका लागि लिइने अनिवार्य  ‘एजिबिलिटी टेस्ट एक्जाम’ नै सिम्याट (सेन्ट्रल म्यानेजमेन्ट एड्मिसन टेस्ट)  हो ।

    आफूले चाहेको कलेजमा उपयुक्त कोर्ष पढ्नका लागि र छात्रवृत्तिका लागि सिम्याटमा राम्रो अंक ल्याउनुपर्ने हुन्छ । सिम्याटको इलिजिबिलिटीमा कक्षा १२ वा सो सरहको पढाइमा १.८ सिजिपिए वा कम्तिमा दोस्रो श्रेणी वा पूर्ण विषयमा सी ग्रेड प्राप्त भएको हुनुपर्छ । ९० मिनेटको सिम्याट परीक्षामा भर्बल एबिलिटी, क्वान्टिटेटिभ एबिलिटी, लजिकल रिजनिङ र जेनेरल अवेरनेस गरी चारवटा सेसन हुन्छन् । हरेक सेसनमा २५ वटा प्रश्न र २५ नै अंकभार बोकेको हुन्छ भने कुल एक सय वस्तुगत प्रश्न हुन्छन् । 

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको