Logo

२०७९, आश्विन २० गते बिहिवार

images
images

यु-१७ : नेपाल र श्रीलंका भिड्दै

यु-१७ : नेपाल र श्रीलंका भिड्दै

images
  • 568
    SHARES
  • images
    यु-१७ : नेपाल र श्रीलंका भिड्दै
    images
    images
    images

    काठमाडौं । श्रीलंकामा जारी साफ यु-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज सोमवार घरेलु टोलीको सामना गर्दैछ । 

    कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले राति ८:१५ बजे श्रीलंकाको सामना गर्न लागेको हो । नेपाल श्रीलंकालाई हराउँदै फाइनल पुग्न चाहन्छ । श्रीलंका पनि नेपाललाई हराएर फाइनल यात्रा तय गर्न चाहन्छ ।
     
    नेपाल समूह ’बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले २ खेलमा ६ अंक जोडेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई २–१ ले हराएको थियो भने दोस्रो खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराएको थियो ।

    खेलको विजेताले फाइनलमा भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल बुधवार हुनेछ । 

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको