Logo

२०७९, आश्विन २० गते बिहिवार

images
images

प्राविधिक मर्मतपछि जापान उड्यो वाइडबडी जहाज

प्राविधिक मर्मतपछि जापान उड्यो वाइडबडी जहाज

images
  • 519
    SHARES
  • images
    प्राविधिक मर्मतपछि जापान उड्यो वाइडबडी जहाज
    images
    images
    images

    काठमाडौं । प्राविधिक समस्या देखिएको राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज प्राविधिक मर्मतपछि जापानको नारिता उडेको छ ।

    गएराति जापानको नारिताका लागि उडेको उक्त जहाजको कार्गो सामान राख्ने ठाउँमा धुँवा आएपछि जहाज उडेको केहीसमयमै काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल फर्किएको थियो ।

    एक सय ८४ यात्रु बोकेर नारिता उडेको जहाँजमा प्राविधिक समस्या देखिनासाथ  विमान चालकले जहाजलाई काठमाडौँ फर्काउने निर्णय लिएका थिए ।

    उक्त जहाज मर्मतपछि बिहान १० बजे नारिताका लागि उडान भरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । उनले भने, “हिजो राति जहाज उडेको केहीसमयपछि प्राविधिक समस्या देखिएकाले जहाज फर्किएको थियो, प्राविधिक मर्मतपछि जहाज उडिसक्यो, कार्गो होल्डमा धुँवा देखिएपछि जहाज काठमाडौँ फर्किएको थियो ।” निगमसँग अन्तराष्ट्रिय उडानका लागि दुई थान वाइडबडी र दुई थान न्यारो बडी जहाज छन् ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको