Logo

२०७९, आश्विन २० गते बिहिवार

images
images
  • राजनीति
  • माओवादी केन्द्र निकट व्यवसायीहरुको महाधिवेशनमा भाँडभैलो,...

माओवादी केन्द्र निकट व्यवसायीहरुको महाधिवेशनमा भाँडभैलो, तीनवटा संगठनले छुट्टै भेला गर्ने

माओवादी केन्द्र निकट व्यवसायीहरुको महाधिवेशनमा भाँडभैलो, तीनवटा संगठनले छुट्टै भेला गर्ने

images
  • भाद्र ३१, २०७९ शुक्रवार १०:५९ बजे
  • 547
    SHARES
  • images
    माओवादी केन्द्र निकट व्यवसायीहरुको महाधिवेशनमा भाँडभैलो, तीनवटा संगठनले छुट्टै भेला गर्ने
    images
    images
    images

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट व्यवसायीहरुको महाधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न विफल भएको छ । मनपरी गरेको भन्दै तीनवटा संगठनले बहिस्कार गरेका छन् ।

    उद्योग ब्यापार सहकार्य महासंघ, राष्ट्रिय उद्योग ब्यापार महासंघ, राष्ट्रिय उद्योग ब्यापार महासंघ (केन्द्र), नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन मिलेर बनेको नेपाल उद्योग ब्यापार महासंघको प्रथम महाधिवेशन असफल भएको छ । महाधिवेशनको पार्टी अध्यक्ष प्रचण्डले विहीबार होटल एभरेष्टमा उद्घाटन गरेका थिए । माओवादी निकट आधा दर्जन व्यवसायी संगठनको एकीकृत गरेर नयाँ नेतृत्व चयन गर्ने बताइएको थियो ।

    पार्टी केन्द्रीय सदस्य गंगा कार्की, पूर्व सभासद तथा व्यवसायी कृष्ण आचार्य, तदर्थ समितिका अध्यक्ष श्याम कुमार पाठकले एकता गर्नु अघिको सहमतिलाई लत्याउँदै आफू निकटको भर्ती केन्द्र बनाएपछि आफूहरुले बहिस्कार गर्नु परेको एक सदस्यले बताए । उनले आफूहरुको धारणा छिटै सार्वजनिक गर्ने समेत बताए ।

    “पार्टी नेतृत्वलाई गुमराहमा राखेर उहाँहरुले एकताको भाव नै मरेर आफू खुशी नेतृत्व चयन गर्नुभयो । उहाँहरु व्यवसायीको हक हितभन्दा पनि पार्टीबाट कसरी भाग लिने भन्ने मनसाय देखेपछि हामीले बाहिरिएका हौं । अब छिटै आफ्नो धारणा सार्वजनिक गर्नेछौं र तीनवटै संगठनबीच एकता गरेर नयाँ नेतृत्व चयन गर्ने छौं” महाधिवेशनको बन्दशत्र बहिस्कार गरेका एक नेताले भने ।

    महाधिवेशनले खेम भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । तर, बहिस्कार पक्षले स्वार्थहरुको सानो समूह भएको आरोप लगाएको छ । देशभरीका व्यवसायीहरुलाई समेटर छिट्टै अर्को महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने बाहिस्कार पक्षले बताएको छ ।

    पार्टी अध्यक्ष प्रचण्डले उद्घाटनको क्रममा सम्बोधन गर्दै व्यवसायीहरुको गुनासो सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । सबै व्यवसायी एक जुट भएकोमा खुशी व्यक्त गर्दै प्रचण्डले पार्टी र सरकारमा राम्रो स्थान दिने बताएका थिए ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको