Logo

२०७९, आश्विन २० गते बिहिवार

images
images

‘महापुरुष’ बाट डेब्यु गर्दै अञ्जना बराईली

‘महापुरुष’ बाट डेब्यु गर्दै अञ्जना बराईली

images
  • 596
    SHARES
  • images
    ‘महापुरुष’ बाट डेब्यु गर्दै अञ्जना बराईली
    images
    images
    images

    काठमाडौं । फिल्म ‘महापुरुष’ मार्फत अञ्जना बराईली डेब्यु गर्दैछिन् ।

    हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको उक्त फिल्लमा मोडलिङ र म्युजिक भिडियोमा अभिनय गरेकी अञ्जना यो फिल्ममा अडिसनमार्फत छानिएकी थिइन् । 

    अञ्जनाले मदनकृष्ण श्रेष्ठकी छोरीको भूमिका निर्वाह गरेकी हुन् । उनले अडिसनमा देखाएको अभिनयले नै ‘सेलेक्ट’ गरिएको कलाकारसँगै कार्यकारी निर्माता रहेका रवीन्द्रसिंह बानियाँले बताए । 

    ‘हामीलाई चाहिएको जस्तै उहाँमा पायौं । अडिसनमा दिइएको फरक तीन भूमिकालाई उहाँले निभाउनुभएको दृश्यले हामीलाई प्रभाव छाड्यो । धेरैको अडिसन लिए पनि उहाँले भूमिका सुहाउँदो भएकाले सेलेक्ट गरेका हौँ,’ बानियाँले भने । उनले अडिसनमार्फत छानिएको अञ्जनाको काम फिल्ममा प्रशंसायोग्य रहेको बताए । ‘दिग्गज कलाकारहरूसँग स्क्रिनमा देखिँदा उनीमा देखिएको कन्फिडेन्टले उनको भविष्य उज्ज्वल छ भने लागेको छ । उनले आफ्नो भूमिकालाई जीवन्त बनाएकी छिन्,’ उनले भने । 

    राम्रो फिल्मको खोजीमा रहेकी अञ्जना पनि यो टिमसँग जोडिएर आउन पाउँदा खुसी छिन् । ‘मैले केही फिल्ममा अडिसन पनि दिएकी थिएँ । एक फिल्ममा सेल्केट भएर केही समय प्रतीक्षा पनि गरें । तर त्यो फिल्म बनेन । पछि यसमा अडिसन दिएँ,’ उनले भनिन् । मह जोडी र प्रदीप भट्टराईको निर्देशनमा काम गर्न पाउँदा उनको सिकाइ पनि भएको छ । ‘म यहाँका लागि नौलो मान्छे । मलाई रवीन्द्र दाइ र प्रदीप दाइले राम्रोसँग गाइड गर्नुभयो । अभिनयलाई प्रस्तुत गर्ने शैली सिकाउनु भयो,’ उनले भनिन् । 

    मह जोडीसँग स्क्रिन सेयर गर्न पाउँदा उत्साहित अञ्जनाले फिल्ममा मदनकृष्णको छोरीको भूमिका निर्वाह गरेकी छन् । ‘उहाँको छोरी बनेर काम गर्न पाउँदा ज्यादै खुसी छु । उहाँको माया र आशीर्वादलाई सिनमा समेत फिल्म गरें,’ उनले भनिन् । 

    महापुरुषमार्फत अञ्जनाझैँ अरुण क्षेत्री पनि डेब्यु गर्दैछन् । उनले फिल्ममा हरिवंश आचार्यको छोराको भूमिका निर्वाह गरेका छन् । उनको चरित्रको नाम विज्ञान हो । उनी फिल्ममा हरिवंशका कान्छा छोरा हुन्छन् । उनी पनि फिल्ममा अडिसनमार्फत सेलेक्ट भएका हुन् । 

    अडिसन भएको एक हप्तापछि उनलाई ‘सेलेक्ट’ भयौं भन्ने जानकारी आएको थियो । यद्यपि उनले अभिनय गरेको दोस्रो फिल्म ‘महापुरुष’ आउँदो ११ कात्तिक अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ । 

    फिल्ममा प्रदीप भट्टराईको लेख्नसँगै निर्देशन रहेको छ । सोसल ड्रामा ‘महापुरुष’मा समाजले मान्छेलाई महापुरुष बनाउने स्थितिलाई व्यंग्य गरिने छ । 

    षट्कोण आर्ट्स प्रा.लि.को व्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रैजात्रा फिल्म निर्माण गरेको छ । कलाकारसमेत रहेका रवीन्द्र कथावस्तुले दर्शकलाई छुनेमा विश्वस्त छन् । 

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको