Logo

२०७९, आश्विन १९ गते बुधवार

images
images

सुवास र कृष्णको गीत ‘पारा तात्या छ’ सार्वजनिक

सुवास र कृष्णको गीत ‘पारा तात्या छ’ सार्वजनिक

images
  • 820
    SHARES
  • images
    सुवास र कृष्णको गीत ‘पारा तात्या छ’ सार्वजनिक
    images
    images
    images

    काठमाडौं - बाबुल गिरीको संगीतमा गायकद्वय सुवास श्रेष्ठ र कृष्ण भट्टराईको स्वरमा रहेको गीत ‘पारा तात्या छ’ को भिडियो रिलिज भएको छ । सागर लम्साल ‘बले’, गोपाल ढकाल ‘छन्दे’, श्रीदेव भट्टराई, समारिका ढकाल र स्मारिका ढकालको अभिनय रहेको भिडियोका निर्देशक सुब्रत आचार्य हुन् ।

    गायक श्रेष्ठले यो गीत ‘क्लब डान्स’ स्टाईलको रहेको बताए । यस गीतमा तीन साथीहरुको मस्तीको सपनालाई प्रस्तुत गरेको निर्देशक आचार्यले बताए । यस गीतको रचना डिपि खनालले गरेका हुन् भने संगीतकार गिरीले गीतमा र्याप दिएका छन् ।

    जया शर्मा क्रियटिभ निर्देशक तथा निम बाबु तामांगको कोरियोग्राफी रहेको यस भिडियोका छायाँकार उत्सव दाहाल हुन् भने सम्पादक बिकास दाहाल हुन् । हरि ठकुरी र भिमा श्रेष्ठ ‘भावना’ निर्माता रहेको म्युजिक भिडियोमा दिपेन गौतम ‘माइकल’को प्रडक्शन डिजाईन रहेको छ भने केशव पाण्डेले स्टिल फोटोग्राफी गरेका छन् ।

     

     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको