Logo

२०७९, आश्विन २० गते बिहिवार

images
images
  • समाचार
  • एमाले प्रवेश गर्दै पूर्वआईजीपी खनालले भने...

एमाले प्रवेश गर्दै पूर्वआईजीपी खनालले भने : ओली देश, जनता र सत्यको पक्षमा उभिने नेता

एमाले प्रवेश गर्दै पूर्वआईजीपी खनालले भने : ओली देश, जनता र सत्यको पक्षमा उभिने नेता

images
  • 393
    SHARES
  • images
    एमाले प्रवेश गर्दै पूर्वआईजीपी खनालले भने : ओली देश, जनता र सत्यको पक्षमा उभिने नेता
    images
    images
    images

    काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन् ।

    बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गर्दै उनले अध्यक्ष केपी ओलीको शीतल छहारी पाउने विश्वासमा पार्टी प्रवेश गरेको बताए । 

    आफू प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेर आईजीपीबाट अवकाश पाएको बताउँदै उनले ओली गृहमन्त्री हुँदा आफू इन्स्पेक्टर रहेको बताए । 

    देश, जनता र सत्यको पक्षमा ओली उभिने नेताको रूपमा आफूले पहिल्यै लागेको खनालको भनाइ छ । आफूमाथि तत्कालीन प्रहरी प्रमुखले गरेको अन्यायबारे बल्खुस्थित एमाले पार्टी कार्यालयमा पुगेर जानकारी गराउँदादेखि नै ओली सत्यको पक्षमा उभिने नेताको रूपमा आफूले बुझेको पूर्वमहानिरीक्षक खनालले बताए । 

    विभिन्न समूह तथा पार्टीका नाममा भएका आपराधिक गतिविधि नियन्त्रणमा पनि आफू प्रधानमन्त्री हुँदा ओलीले काम गरेको बताउँदै उनले सिके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको बताए । साथै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई पनि शान्न्तिपूर्ण राजनीतिमा ल्याएका ओली जस्ता नेता हामीले अर्को पाउन नसकेको उनले बताए ।  

    खनाल जसपा सांसद सुरेन्द्र यादव अपहरण काण्डमा मुछिएका थिए । जनकपुरबाट यादवलाई खनाल, महेश बस्नेत समूहले गाडीमा हालेर काठमाडौंको मेरियट होटलमा राखेको जसपाले आरोप लगाएको थियो ।

    खनालसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया, जसपाका नेता होरिलाल चौधरी, २०६४ मा सर्लाही १ बाट निर्वाचित संविधानसभा सदस्य तथा नेकपा (एस) का केन्द्रीय सदस्य प्रकाश पाख्रिन पनि एमाले प्रवेश गरेका छन् ।

     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको