Logo

२०७९, आश्विन २० गते बिहिवार

images
images

४० अर्ब रुपैंयाँ ट्रेजरी बिल्स सोझै खरिद गर्ने तयारीमा राष्ट्र बैंक

४० अर्ब रुपैंयाँ ट्रेजरी बिल्स सोझै खरिद गर्ने तयारीमा राष्ट्र बैंक

images
  • 351
    SHARES
  • images
    ४० अर्ब रुपैंयाँ ट्रेजरी बिल्स सोझै खरिद गर्ने तयारीमा राष्ट्र बैंक
    images
    images
    images

    काठमाडौ - नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैंयाँ बराबरको ट्रेजरी बिल्स सोझै खरिद गर्ने तयारी गरेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव (तरलता अभाव) भएपछि यसलाई हटाउन बिभिन्न समयमा आफैले बिक्री गरेको टे«जरी बिल्स आफैले सोझै खरिद गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । 

    ट्रेजरी बिल्सको बोलकवोल मिती बोलकबोल भदौ छ गते अर्थात आज बिहिबार दिनको ३ः०० बजेसम्म तोकिएको छ भने ट्रेजरी बिल्सको खरिद मिती २०७९ असोज सात गते शुक्रबार तोकिएको र भुक्तानी मिती  २०७९ पुस मसान्तसम्म तोकिएको छ । राष्ट्र बैंकका अनुसार काउण्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नं. र परिमाण उल्लेख गर्नु पर्ने छ । यसैगरी काउण्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नु पर्ने छ । (उदाहरणको लागि १०० को ट्रेजरी बिल्स कति मूल्यमा विक्री गर्ने हो सो रकम बोल गर्नुपर्ने छ । 

    काउण्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण पाँच करोड वा पाँच करोडले भाग लाग्ने दरले खरिद आव्हान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन् । तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटा मात्र बोलकबोल गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । 

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको