Logo

२०७९, आश्विन २० गते बिहिवार

images
images
  • समाचार
  • सभामुख र उपसभामुखको कार्यकालका विषयमा रिट...

सभामुख र उपसभामुखको कार्यकालका विषयमा रिट दायर

सभामुख र उपसभामुखको कार्यकालका विषयमा रिट दायर

images
  • आश्विन ७, २०७९ शुक्रवार ०८:४८ बजे
  • 330
    SHARES
  • images
    सभामुख र उपसभामुखको कार्यकालका विषयमा रिट दायर
    images
    images
    images

    काठमाडौं । सभामुख अग्नि सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

    अधिवक्ताहरू किशोर पौडेल र अनुपम भट्टराईले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने अघिल्लो दिन नै सभामुख सापकोटा र उपसभामुख भुसालको पदावधि सकिएको दाबी गर्दै रिट दायर गरेका हुन् ।

    रिटमा दुवैको कार्यकाल सकिएकाले उक्त पद खाली गर्नू भनी अन्तरिम आदेश जारी हुनुपर्ने माग गरिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्दसूची प्रकाशित गरिसकेकाले मुद्दाको अन्तिम किनारा नलागुञ्जेल सभामुख र उपसभामुखका रूपमा दिइने सेवासुविधा प्रयोग गर्न रोक लगाउनसमेत रिटमा माग गरिएको छ । 
    रिटको पहिलो पेसी आजका लागि तोकिएको छ ।

    संविधानले र विगतको अभ्यासले पनि प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनबाट सभामुख र उपसभामुख पद पनि रिक्त हुने दाबी रिटमा गरिएको छ ।

    दलहरूले समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाएसँगै प्रतिनिधिसभा सदस्यको कार्यकाल सकिएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएसँगै सांसदहरूको कार्यकाल सकिएको हो ।

    आयोगले गत सोमबारसम्म समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय दिएको थियो । आइतबारदेखि नै सांसदहरूको कार्यकाल सकिएको हो । कार्यकाल सकिएसँगै सांसदहरूले प्रयोग गर्दै आएको सेवा(सुविधासमेत फिर्ता गरेका छन् । तर, प्रतिनिधिसभाका सभामुख र उपसभामुख भने पदमै छन् ।

    संविधान दिवसमा अग्निप्रसाद सापकोटाले सभामुखकै हैसियतमा शुभकामना सन्देश जारी गरेका थिए । सन्देश जारी गर्ने मात्रै होइन प्रतिनिधिसभाका सभामुख झण्डावाला सवारी लिएर हिँडिरहेका छन्। सापकोटा सिंहदरबारमा रहेको सभामुखको कार्यकक्ष, टुँडिखेलदेखि शीतलनिवास सोमबार सभामुखको हैसियतमा भिआइपी सवारी र झण्डावाल गाडी लिएर पुगेका थिए । अब प्रश्न उठ्छ सभामुख र उपसभामुखको कार्यकाल सकियो कि कायमै छ ?

    सभामुखको पदावधिबारे स्पष्ट कानुनी व्यवस्था छैन । सांसदहरूको कार्यकालबारे कानुन निर्माण भएको छैन ।

    यसकै फाइदा उठाउँदै सरकारले संसद्को आयु लम्ब्याउने प्रयाससमेत गरेको थियो । तर, आयोगले असन्तुष्टि जनाएपछि सरकारको उक्त प्रयास सफल हुन सकेन । संसदीय प्रक्रियामा स्पष्ट कानुन नहुँदा विगतको संसदीय अभ्यासलाई आधार मान्ने गरिन्छ ।

    यसअघिको संसदीय अभ्यास पछ्याउने हो भने प्रतिनिधिसभाका सबै सदस्यहरूको पद सकिएको छ । विगतमा कार्यकालबारे स्पष्ट कानुन नभएको अवस्थामा समानुपातिक बन्दसूची बुझाएको अघिल्लो दिनबाट सभामुुख र सांसदहरूको पद सकिएको भन्दै तत्कालीन सभामुख र सांसदहरूले पद छाडेका थिए ।

    संविधानको धारा ९१ को उपधारा ६ (क) मा प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दिनेभन्दा अघिल्लो दिनसम्म पद रहने उल्लेख छ । 

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको