Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images
  • समाचार
  • बाराबाट ६० किलो गाँजा बरामद, तस्कर...

बाराबाट ६० किलो गाँजा बरामद, तस्कर फरार

बाराबाट ६० किलो गाँजा बरामद, तस्कर फरार

images
  • आश्विन १३, २०७९ बिहिवार १२:४९ बजे
  • 946
    SHARES
  • images
    बाराबाट ६० किलो गाँजा बरामद, तस्कर फरार
    images
    images
    images

    बारा । सिम्रौनगढ नगरपालिका–१ ढाँटटोला नजिकै मसानघाटस्थित भित्री सडकबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ । 

    नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले उक्त गाँजा बरामद गरेको हो । 

    अन्दाजी ३/४ जना व्यक्तिले ३ वटा बोरामा बोकी लगी रहेको उक्त गाँजाका पोकाहरू प्रहरी चौकी अमृतगन्ज खजानीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ फाली फरार भएपश्चात प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।  

    प्रहरीले हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको