Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images
  • समाचार
  • सन्दीप आफैँले घोषणा गरे नेपाल फर्किने...

सन्दीप आफैँले घोषणा गरे नेपाल फर्किने दिन

सन्दीप आफैँले घोषणा गरे नेपाल फर्किने दिन

images
  • 1.3K
    SHARES
  • images
    सन्दीप आफैँले घोषणा गरे नेपाल फर्किने दिन
    images
    images
    images

    काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका  क्रिकेटर सन्दीप लामिछानेले ६ अक्टोबर (२० असोज) मा नेपाल फर्कने बताएका छन् ।

    नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्व कप्तान सन्दीपले  अक्टोबर ६ मा नेपाल आउने सामाजिक सन्जालमार्फत बताएका हुन् ।

    गत भदौको पहिलो साता एक नाबालिगलाई सिनामङ्गलको होटलमा  बलात्कार गरेको सन्दीपमाथि आरोप छ । यससंगै जिल्ला अदालतले सन्दीपलाई पक्राउ पूर्जी गरेको छ  । संगै क्यानले कप्तानबाट निलम्बन गरेको थियो ।

    क्यारेबियन प्रिमियर लिग खेल्न जमैका रहेका सन्दीप नेपालमा पक्राउ पुर्जी जारी भएसँगै त्यहाँबाट हिँडेका थिए ।

    त्यसपछि सन्दीप क्यान  र नेपाल प्रहरी दुवैको सम्पर्क थिएनन् । यद्यपि, शनिबार बिहान सामाजिक सञ्जालमा नेपाल आउने बताएका हुन् ।sandeep.JPG

     

     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको