Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images
  • समाचार
  • महानवमीका दिनमात्र खुल्ने तलेजु भवानी मन्दिरमा...

महानवमीका दिनमात्र खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको भीड

महानवमीका दिनमात्र खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको भीड

images
  • आश्विन १८, २०७९ मंगलवार ११:३३ बजे
  • 1.9K
    SHARES
  • images
    महानवमीका दिनमात्र खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको भीड
    images
    images
    images

    काठमाडौं । प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । 
     
    प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने सो मन्दिरमा हजारौँ भक्तजनको भीड लागेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिउ । आजमात्र खुल्ने मन्दिर भएकाले लाम बस्ने जतिलाई दर्शन गराइने कार्यालयले जनाएको छ ।

    यसैबीच तुलजा भवानीलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार आइतबार बिहान १०ः०५ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको छ । तुलजा भवानीलाई त्यसै दिन बिहान ११ः३५ बजेको साइतमा स्थिरासनमा राखिएको उनले बताए ।

    तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमी सोमबार राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा आराधना गरिएको थियो । विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन बिहान समितिले दिएको साइतअनुसार बिहान ७ः३५ बजे यात्रा गराइने छ । बिहान ८ः४७ बजे तलेजु  भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइने छ ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको