Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images
  • समाचार
  • बाढी प्रभावित बस्तीमा छैन दसैंको उत्साह,...

बाढी प्रभावित बस्तीमा छैन दसैंको उत्साह, धानबाली काट्नमा व्यस्त

बाढी प्रभावित बस्तीमा छैन दसैंको उत्साह, धानबाली काट्नमा व्यस्त

images
  • आश्विन १८, २०७९ मंगलवार ११:५२ बजे
  • 589
    SHARES
  • images
    बाढी प्रभावित बस्तीमा छैन दसैंको उत्साह, धानबाली काट्नमा व्यस्त
    images
    images
    images

    कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायकलाई दसैँले छोएको छैन ।

    उनी भदौ ३१ गते दोदा नदीमा आएको बाढीले क्षति पु¥याएको धानबाली काट्नमा व्यस्त छन् ।
     
    “बाढीले धान पूरै ढलाएर माटो भरियो, अहिले काटेर घाममा सुकाउँदै छौँ”, उनले भने, “बाढीले कच्ची घर ढल्ने जस्तो भइसक्यो, त्रिपालमुनि रात काट्छौँ, चाडबाड आएजस्तो लागेको छैन ।” 

    बाढीले विस्थापित बनेका शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका १५ परिवार गाउँ नजिकैको जनजागरण सामुदायिक वनमा त्रिपालमुनि आश्रय लिएर बसेका छन् । बाढीले गर्दा यस वर्षको चाडबाड खल्लो भएको एकान्त टोलका हरिकृष्ण भट्ट बताउँछन् । 

    “वर्षमा एक दिन आउने चाडबाड आउँदा खुसी हुनु पर्ने हो, यसपटक बाढीले चाडबाड खल्लो बनाएको छ”, उनले भने, “बाढीपछि घर फर्किनै पाएका छैनौँ, जङ्गलमा त्रिपालमुनि रात काटिरहेका छौँ ।”

    घरभित्रका लत्ताकपडा, खाद्यान्न सबै बनहरा नदीमा आएको बाढीले बगाएको उनको भनाइ छ । “बाढीले खेत र घरभित्रको सबै बाली सखाप पा¥यो, खान–बस्नलाई समस्या छ, यसपालि इष्टमित्र कसैलाई बोलाउँदैनौँ”, उनले भने, “आए भने पनि कहाँ बसाल्ने र के खुवाउने भन्ने चिन्ता छ ।”
     
    नेपालीहरुको महत्वपूर्ण ठूलो चाड दसैँको चहलपहल सबैतिर बढेको छ । वर्षमा एक पटक आउने चाडबाडले गाउँ–सहरमा उत्साह ल्याएको छ । तर कञ्चनपुरका बाढी प्रभावित बस्तीमा भने दसैँमा सुनसान छ ।

    भदौ ३१ गते बनहरा, स्याली, मछेली, दोदालगायत नदीमा आएको बाढीले कञ्चनपुरको शुक्लाफाँटा, लालझाडी, बेलौरी र पुनर्वास नगरपालिकाका पाँच सयभन्दा बढी परिवार प्रभावित भएका थिए ।

    राहत, क्षतिपूर्ति भन्दा पनि आफूहरुलाई सुरक्षित आवासको आवश्यकता रहेको एकान्त टोलका दुर्गा बोहराले बताए । “सङ्घसंस्थाले दिएको खाद्यन्नले भोक मेटाउँदैछौँ, जङ्गलमा बस्न पाइँदैन भनेर सामुदायिक वनले हट्न भनेको छ, अब हामी कहाँ जाने ?”, उनले भने, “बस्नलाई सुरक्षित ठाउँको व्यवस्था हुनुपर्छ ।”

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको