Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images
  • समाचार
  • उद्योग वाणिज्य महासंघको आन्दोलन स्थगित, चुनावपछि...

उद्योग वाणिज्य महासंघको आन्दोलन स्थगित, चुनावपछि माग सम्बोधन नभए थप आन्दोलन गर्ने

उद्योग वाणिज्य महासंघको आन्दोलन स्थगित, चुनावपछि माग सम्बोधन नभए थप आन्दोलन गर्ने

images
  • कार्तिक २४, २०७९ बिहिवार १२:०१ बजे
  • 463
    SHARES
  • images
    उद्योग वाणिज्य महासंघको आन्दोलन स्थगित, चुनावपछि माग सम्बोधन नभए थप आन्दोलन गर्ने
    images
    images
    images

    काठमाडौं ।  ब्याजदरलगायत सरकार र नेपाल राष्ट्र बैंकका नीतिविरुद्ध आन्दोलन गर्दै आएको निजी क्षेत्रले तत्कालका लागि दबाबमूलक कार्यक्रम स्थगित गर्ने भएको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघले तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र चालु पुँजी कर्जा मार्गदर्शन स्थगित गर्न सरकार र राष्ट्र बैंकको पुनः ध्यानाकर्षण गराउँदै तत्कालका लागि आन्दोलनलगायत दबाबमूलक कार्यक्रम स्थगित गर्न सम्बद्ध उद्योगी व्यवसायीलाई आग्रह गरेको छ ।

    मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन गइरहेको र लोकतान्त्रिक व्यवस्था एवं खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेको विषयलाई मनन गर्दै हाल सञ्चालित विरोधका कार्यक्रम स्थगित गर्न पनि महासंघले सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थालाई आग्रह गर्दै निर्वाचन सफल पार्न आ-आफ्नो क्षेत्रबाट सहयोग पु-याउन पनि आग्रह गरेको छ ।

    महासंघले तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालु पुँजी कर्जा मार्गदर्शन स्थगनका लागि महासंघका सदस्य जिल्ला–नगर उद्योग वाणिज्य संघ एवं वस्तुगत संघले राखेका मागप्रति भने ऐक्यबद्धता जनाएको छ ।

    साथै महासंघले तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको  ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगनको माग समेत गरेको हो । 

    महासंघले जिल्ला–नगर उद्योग वाणिज्य संघहरु एवं वस्तुगत संघहरूले राखेका माग र गरिरहेका प्रदर्शनमा ऐक्यवद्धता पनि जनाएको छ । 


    ‘निर्वाचन पछि पनि सरोकारवाला निकायबाट निजी क्षेत्रका माग सम्बोधन नभएमा महासंघले आर्थिक स्थायित्व एवं निजी क्षेत्रको हक हितका लागि थप कार्यक्रम घोषणा गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

    पूर्वका उद्योगी व्यवसायीले बैंकिङ क्षेत्रको ब्याजदर घटाउन नेपाल राष्ट्र बैंकलाई २२ दिनको समय दिएका छन् । राष्ट्र बैंकको संकुचित मौद्रिक नीतिका कारण ब्याजदर बढेको भन्दै त्यसलाई घटाउन मंसिर १५ गतेसम्मको समय दिएका हुन् ।

    मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले बुधबार शान्तिपूर्ण प्रदर्शन गर्र्दै सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले राष्ट्र बैंक प्रदेश १ कार्यालय प्रमुख तथा प्रमुख जिल्ला अधिकारी मोरङलाई ज्ञापनपत्र बुझाए । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाएका थिए ।

    कोरोनाका साथै बाहृय तथा वित्तीय असन्तुलनका कारण निरन्तर प्रभावित रहँदै आएको औद्योगिक क्षेत्र पछिल्लो मौद्रिक नीतिको संकुचनकारी नीतिले निम्त्याएको तरलता अभावसँगै भएको ब्याज वृद्धिका कारण पुँजीगत लागत बढेको व्यवसायीको भनाइ छ ।

    उत्पादनमूलक औद्योगिक क्षेत्र बैंक तथा वित्तीय क्षेत्रले गरेको ब्याज वृद्धिका कारण बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको, उत्पादित वस्तु तथा सेवामा भएको मूल्यवृद्धिले आमसर्वसाधारण उपभोक्ताको जनजीवन कष्टकर बन्दै गएको पनि उनीहरूले बताएका छन् । औद्योगिक क्षेत्रको उत्पादन लागत घटाउने गरी बैंक ब्याजदर एक अंकमा सीमित गर्नुका साथै नियमनकारी निकाय राष्ट्र बैंकले आवश्यक नीतिगत सुधार गर्नुपर्ने व्यवसायीको माग रहेको छ ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको