Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images

सन् २०२४ को राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धा गर्ने ट्रम्पको घोषणा

सन् २०२४ को राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धा गर्ने ट्रम्पको घोषणा

images
  • कार्तिक ३०, २०७९ बुधवार १०:३३ बजे
  • 456
    SHARES
  • images
    सन् २०२४ को राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धा गर्ने ट्रम्पको घोषणा
    images
    images
    images

    न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा अमेरिकी राष्ट्रपतिको चुनाव पुनः लड्ने योजना बनाएको बताएका छन् ।

    उनले आफ्नो फ्लोरिडास्थित मार–ए–लागोमा एक घण्टा लामो भाषणमा समर्थकहरूलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् । 

    पूर्व राष्ट्रपति ट्रम्प कतिपय रिपब्लिकन आधारमा अझै लोकप्रिय छन् । राष्ट्रपतिको लागि उम्मेदवार हुन  ट्रम्पले रिपब्लिकन पार्टीको मनोनयन जित्नुपर्नेछ । अन्य रिपब्लिकन नेताले पनि यसको लागि प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

    गत साता ट्रम्पले फ्लोरिडाका गभर्नर तथा  उदाउँदो रिपब्लिकन स्टार रोन डिसेन्टिसको आलोचना गरेका थिए । उनले राष्ट्रपतिको मनोनयनमा भाग लने बताएका थिए ।


    यसैबीच, ट्रम्पकी छोरी इभान्का ट्रम्पले आफ्नो बाबुको २०२४ को अभियानमा नलाग्ने बताएकी छिन् । ‘म मेरो बुबालाई धेरै माया गर्छु’, उनले भनेकी छिन्, ‘यस पटक, म मेरा साना बच्चाहरू र हामीले परिवारको रूपमा सिर्जना गर्ने निजी जीवनलाई प्राथमिकता दिन छनौट गर्दैछु ।’

    -एजेन्सी
     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको