Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images

नेप्से बढेपनि कारोबार रकम घट्यो

नेप्से बढेपनि कारोबार रकम घट्यो

images
  • कार्तिक ३०, २०७९ बुधवार १५:३० बजे
  • 505
    SHARES
  • images
    नेप्से बढेपनि कारोबार रकम घट्यो
    images
    images
    images

    १३ अंकले बढ्दा ८५ करोड ९४ लाख रुपैंयाँको कारोबार 

    काठमाडौं, साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । नेप्से आज  १३ दशमलव ४० अंकले बढेर १९ सय ११ दशमलव २६ अंकमा पुग्दा सेन्सिटिभ पनि दुई दशमलव ८६ अंकले बढेर तीन सय ७६ दशमलव ५७ अंकमा पुगेको छ । दुई सय ३२ वटा कम्पनीहरुको १७ हजार सात सय दुई पटकको कारोबारमा २४ लाख ९५ हजार छ सय १२ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम ८५ करोड ९४ लाख ६८ हजार एक सय ५८ रुपैयाँ पुगेको छ । 

    नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा सामुहिक लगानी कोष र ट्रेडिङ्ग समुहको घटेर बाँकी समुहको सुचक बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक भने आठ दशमलव १६ अंकले बढेर १३ सय ४५ दशमलव ६५ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ४२ दशमलव ५८ अंकले बढेर तीन हजार तीन सय ९७ दशमलव ६४ अंकमा चढेको छ  । फाईनान्स समुहको सुचक पनि १५ दशमलव ६३ अंकले बढेर १५ सय ५८ दशमलव ६१ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २१ दशमलव ९८ अंकले बढेर १९ सय ६७ दशमलव ५६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुुचक पनि ८० दशमलव ७३ अंकले बढेर नौ हजार २० दशमलव ३० अंकमा पुग्दा निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहहरुको सुचक पनि बढेका छन् ।

    नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिक्लेस हाईड्रोपावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जनउत्थान लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने रिडी हाईड्रोपावर कम्पनी पहिलो स्थानमा परेको छ । 

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको