Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images
  • समाचार
  • नेपाल–यूएई एक दिवसीय क्रिकेट : नेपाल...

नेपाल–यूएई एक दिवसीय क्रिकेट : नेपाल टस जितेर फिल्डिङ गर्दै

नेपाल–यूएई एक दिवसीय क्रिकेट : नेपाल टस जितेर फिल्डिङ गर्दै

images
  • 519
    SHARES
  • images
    नेपाल–यूएई एक दिवसीय क्रिकेट : नेपाल टस जितेर फिल्डिङ गर्दै
    images
    images
    images

    काठमाडौं । युएईविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । कप्तान रोहितकुमार पौडेलले फिल्डिङ गर्ने भएसँगै युएईले सुरुमा ब्याटिङ गर्नेछ । 

    आज नेपाल जितसहित जितसहित शृंखला आफ्नो पक्षमा पार्न चाहन्छ ।  सोमबारबाट सुरु भएको युएईविरुद्धको तीन एक दिवसीय शृंखला दुई खेलको समाप्तीमा १/१ को बराबरीको स्थितीमा रहेको छ । 

    पहिलो खेलमा युएईलाई ८४ रनको नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा तीन विकेटको जितसहित शृंखलामा १ /१ को बराबरी गरेको थियो ।

    नेपाल  आज ब्याटिङमा सुधारिएको प्रदर्शनसहित शृंखला आफ्नो पक्षमा पार्न चाहन्छ । नेपालले डिसेम्बरमा आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नामिबियाको भ्रमण गर्दैछ । युएईविरुद्धको शृंखलालाई नेपालले सोही लिगको अभ्यास खेलको रुपमा लिएको छ ।
     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको