Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images

नेपाल लाइफ इन्स्योरेन्स पनि एनपिएसमा आबद्ध 

नेपाल लाइफ इन्स्योरेन्स पनि एनपिएसमा आबद्ध 

images
  • 701
    SHARES
  • images
    नेपाल लाइफ इन्स्योरेन्स पनि एनपिएसमा आबद्ध 
    images
    images
    images

    काठमाडौँ - नेपाल लाइफ इन्स्योरेन्स पनि अब एनपिएसमा आबद्ध भएको छ । कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउस (एनसिएचएल) को भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच (एनपिएस) को लागि सम्झौंता गरेको हो ।

    सम्झौंतापत्रमा नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र एनसिएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौंैता पश्चात नेपाल लाइफको आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपिआई) सँग जोडी एनपिएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरू प्रयोग गर्न सकिनेछ । सो पश्चात नेपाल लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरू गर्न सक्नेछ भने नेपाल लाइफको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने विश्वास गरिएको छ ।

    साथै नेपाल लाइफले एनपिएसमा उपलब्ध अन्य उपकरणहरूको प्रयोग गरी थप नयाँ सेवाहरू पनि ल्याउने कार्य अगाडि बढाउन सकिने बताएको छ ।  कम्पनीले बीमा सुविधाको पहुँच हरेक नेपालीको घरसम्म पु¥याउने र नेपाललाई आर्थिक समृद्धीतर्फ उन्मुख गराउने दीर्घकालीन उद्देश्य लिई कार्य गर्दै आएको छ । १५ लाखभन्दा बढी बीमितहरू रहेको नेपाल लाईफको एक सय ९७ वटा शाखा सञ्जाल र २१ लाख दुई हजार तीन सय ६२ अभिकर्ताहरू रहेका छन् ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको