Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images
  • समाचार
  • कतार विश्वकप आजबाट सुरु हुँदै, कतार...

कतार विश्वकप आजबाट सुरु हुँदै, कतार र इक्वेडरबीच उद्घाटन खेल

कतार विश्वकप आजबाट सुरु हुँदै, कतार र इक्वेडरबीच उद्घाटन खेल

images
  • 631
    SHARES
  • images
    कतार विश्वकप आजबाट सुरु हुँदै, कतार र इक्वेडरबीच उद्घाटन खेल
    images
    images
    images

    काठमाडौं ।  फिफा विश्वकप २०२२ कतारमा आजबाट सुरु हुँदैछ । 
    पहिलो पटक मुस्लिम मुलुकमा आयोजना हुन लागेको विश्वकपमा आयोजक कतार र इक्वेडरबीच उद्घाटन खेल हुनेछ । 

    समूह ‘ए’ को खेल नेपाली समय अनुसार दोहास्थित अल वेत मैदानमा राति पौने ९ बजे सुरु हुने तालिका छ । विश्वकपका सबै खेलको प्रत्यक्ष प्रशारण नेपालमा समेत हुनेछ । पहिलो दिन एकमात्रै खेल हुनेछ । दुबै टोली पहिलो खेल जित्दै विजयी सुरुआत गर्न चाहन्छन् । यस समूहमा नेदरल्यान्डस् र सेनेगल समेत छन् । कतार आयोजकको नाताले पहिलो पटक विश्वकपमा सहभागी भएको हो । 

    मध्यपूर्वी एसियाको सानो देशमा हुने विश्वकपले सन् २०१० बाट नै निकै विवादको सामना गर्नुपरेको थियो । युरोप, दक्षिण अमेरिका, उत्तर अमेरिका, एसिया, अफ्रिका र आसियान क्षेत्रबाट उत्कृष्ट २३ टोलीले विश्वकपमा सहभागी जनाउनेछन् । जहाँ, इरान बाहेक सम्पूर्ण टोलीले २६ खेलाडी दर्ता गराएका छन् । 

    कतारको प्रशिक्षकमा फेलिक्स सान्चेज छन् । ४६ वर्षीय स्पेनिस प्रशिक्षकले कतारलाई ५–४–१ को रणनीतिमा मैदान उतार्नेछन् । इक्वेटरविरुद्ध खेल्नुअघि कतारले पाँच देशसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ कतारले सबै खेल जितेको छ । इक्वेडरविरुद्ध कतारको हसन अल हैदुस मुख्य खेलाडी हुनेछन् । 

     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको