Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद 

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद 

images
  • 442
    SHARES
  • images
    अवैध लागूऔषध सहित पक्राउ तथा बरामद 
    images
    images
    images

    काठमाडौं, बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित खजुरा गाउँपालिका–२ बस्ने २२ वर्षीय सुरज गन्धर्वलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

    पर्साको वीरगञ्ज महानगरपालिका–३२ टेढास्थित सडकबाट अवैध लागूऔषध चरेश २ केजी सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।  उक्त स्थानमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ ना.५२ प ६०५७ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले मोटरसाइकल छाडी फरार भएपछि मोटरसाइकल जाँच गर्दा उक्त लागूऔषध फेला पारेको हो । हाल फरार व्यक्तिको खोजी भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको