Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

images
  • 358
    SHARES
  • images
    छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
    images
    images
    images

    काठमाडौं, कैलालीको गोदावरी नगरपालिका–१ धनगढी रोडमा से.१ ख १२२३ नम्बरको बसले से.६ प १५९१ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार भजनी नगरपालिका बस्ने ४५ वर्षीया टिकारानी देवी चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको पदमा अस्पताल अत्तरिया हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित सडकमा प्रदेश नं.२–०३–००४ प ७८८४ नम्बरको मोटरसाइकल र ज.११ प ८१० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका प्रदेश नं.२–०३–००४ प ७८८४ नम्बरको मोटरसाइकल चालक बारा कलैया उपमहानगरपालिका–१६ बस्ने ४५ वर्षीय कन्हाई चौधरी र ज.११ प ८१० नम्बरको मोटरसाइकल चालक महोत्तरी बर्दिवास नगरपालिका–६ बस्ने २५ वर्षीय सुनिल आले मगरको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनामध्ये १ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि वीरगञ्ज रिफर गरिएको छ भने अन्य २ जनाको त्रिवेव हेल्थ केयर रानीगञ्जमा उपचार भइरहेको छ । 

    यसैगरी सर्लाहीको धनकौल गाउँपालिका–५ छठिघाट पुलस्थित सडकमा बरहथवाबाट मधुबनीतर्फ जाँदै गरेको बिआर ३० जेड ४८७४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक भारत सितामढी ग्राम पंचायत बहेरा सिजवा बस्ने ४० वर्षीय मुकेश राय यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सञ्जिवनी अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि वीरगंजतर्फ पठाइएको छ । 
    नवलपरासी (पूर्व) को बिनयी त्रिबेणी गाउँपालिका–५ चुकाहास्थित सडकमा दुम्किबासबाट चुकाहातर्फ जाँदै गरेको लु.२९ प ६७३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक नेपाली सेनाको पुष्पक गणमा कार्यरत सिपाही २५ वर्षीय रविन पल्ली मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

    चितवनको राप्ती नगरपालिका–६ हर्दीचोकस्थित सडकमा बिग्रिएर रोकी राखेको ना.२ ख ८५२२ नम्बरको ट्रकमा बा.४ ख ४१२ नम्बरको माईक्रो हाईस ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा हाईसमा सवार सोही नगरपालिका–४ डडुवा बस्ने ३५ वर्षीय महाबिर बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका हाईस चालक समेत अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार  ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । 
    पर्साको वीरगंज महानगरपालिका–१५ ब्रम्हचोकमा ना.१२ प ६९४२ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा चालक भारत रक्शौल कोईरियाटोला बस्ने ४० वर्षीय राम आशिष साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको