Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images

चुनावले ल्याउन सकेन नेप्सेमा उत्साह :

चुनावले ल्याउन सकेन नेप्सेमा उत्साह :

images
  • 407
    SHARES
  • images
    चुनावले ल्याउन सकेन नेप्सेमा उत्साह :
    images
    images
    images

    सात अंकले घट्दा एक अर्ब ३५ करोडको सेयर कारोबार 

    काठमाडौं, चुनावले नेप्सेमा खासै उत्साह ल्याउन नसकेको देखिएको छ । यही मंसिर चार गते निर्वाचन सम्पन्न भएपछि मंसिर छ गते अर्थात आज मंगलबार खुलेको नेप्से घटेको छ । सो अनुसार चुनावले नेप्सेमा खासै असर नगरेको देखिएको छ । नेप्से आज सात दशमलव १३ अंकले घटेर १९ सय २९ दशमलव ७० अंकमा पुगेको छ भने सेन्सिटिभ पनि एक दशमलव ४७ अंकले घटेर तीन सय ७९ दशमलव ५९ अंकमा पुगेको छ । दुई सय २८ वटा कम्पनीहरुको २४ हजार दुई सय ४३ पटकको कारोबारमा ३७ लाख ६३ हजार आठ सय ३६ कित्ता सेयर किनबेच हुंदा आज कारोबार रकम एक अर्ब ३२ करोड २८ लाख ८५ हजार साात सय ७९ रुपैंयाँ पुगेको छ । 

    नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा दुई वटा समुहहरुको सुचक बढेर ११ वटा समुहहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुुचक एक दशमलव २६ अंंकले बढेर १३ सय ५९ दशमलव १८ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि दुई दशमलव ३६ अंकले बढेको छ । बिकास बैंक समुहको सुचक भने ४९ दशमलव ९५ अंकले घटेर तीन हजार चार सय १२ दशमलव ६० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १४ दशमलव पाँच अंकले घटेर दुई हजार १५ दशमलव २० अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि २५ दशमलव १६ अंकले घटेर सात हजार छ सय ५० दशमलव ८२ अंकमा पुगेको छ भने फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक उच्च अंकले घटेका छन् । 

    नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो जानकी फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनिलिभर नेपाल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार हुने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल बैंक लिमिटेड परेको छ ।  

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको