Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images
  • समाचार
  • गगनमाथि माओवादी नेता दीपशिखाको आरोप :...

गगनमाथि माओवादी नेता दीपशिखाको आरोप : घण्टीसँग मिलेर गठबन्धनका सहयात्रीलाई मज्जाले हराउनुभयो

गगनमाथि माओवादी नेता दीपशिखाको आरोप : घण्टीसँग मिलेर गठबन्धनका सहयात्रीलाई मज्जाले हराउनुभयो

images
  • 659
    SHARES
  • images
    गगनमाथि माओवादी नेता दीपशिखाको आरोप : घण्टीसँग मिलेर गठबन्धनका सहयात्रीलाई मज्जाले हराउनुभयो
    images
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ कांग्रेस महामन्त्री गगनकुमार थापामाथि संगीन आरोप लगाएका छन् ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रको नतिजा नाजुक आइरहेका बेला दीपशिखा थापाविरुद्ध उभिएका हुन् ।

    थापाले घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) सँगको साझेदारीमा गठबन्धनलाई हराएको उनको आरोप छ ।

    थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनमा ‘म कालो कांग्रेस हुँ’ भनेको स्मरण गर्दै दीपशिखाले भनेका छन्, ‘हो रहेछ, तपाईं र तपाईंको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीलाई मज्जाले हराउनुभयो । तपाईंलाई आगामी यात्राको शुभकामना ।’

    उनले आफूहरू जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्ने बताएका छन् ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको