Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

images
  • 785
    SHARES
  • images
    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
    images
    images
    images

    काठमाडौं, भक्तपुरमा सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महोत्तरी बर्दिबास ढुङ्ग्रे घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ सिरूटार बिरूवा बस्ने १९ वर्षीय निशान तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई निशानले कात्तिक २८ गते दिउँसो आफ्नै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यसैगरी दाङमा ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शान्तिनगर गाउँपालिका–२ बाघमारे बस्ने ४० वर्षीय नवराज डाँगीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई सोही ठाउँस्थित बाँसको झाडीमा लगी नवराजले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको