Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images

नेप्सेमा पुन गिरावट :

नेप्सेमा पुन गिरावट :

images
  • 442
    SHARES
  • images
    नेप्सेमा पुन गिरावट :
    images
    images
    images

    सात अंकले घट्दा एक अर्ब दुई करोडको कारोबार 

    काठमाडौैं, साताको चौंथो कारोबार दिन आज बुधबार पनि नेप्से घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज पुन सात दशमलव ७२ अंकले घटेर १९ सय २१ दशमलव ९९ अंकमा झरेको छ भने सेन्सिटिभ पनि एक दशमलव ७० अंकले घटेर तीन सय ७७ दशमलव ९० अंकमा पुगेको छ । दुई सय २३ वटा कम्पनीहरुको १७ हजार आठ सय ७६ पटकको कारोबारमा २८ लाख ३९ हजार तीन सय ७३ कित्ता सेयर किनबेच हुंदा आज कुल कारोबार रकम एक अर्ब दुई करोड २२ लाख ९३ हजार पाँच सय ५२ रुपैंयाँ ८३ पैसा पुगेको छ । 

    नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये उत्पादनमुलक र ट्रेडिङ्ग समुहको सुचक झिनो अंकले बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ८३ अंकले घटेर १३ सय ५२ दशमलव ३५ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि शुन्य दशमलव २२ अंकले घटेर तीन हजार चार सय १२ दशमलव ३७ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुुचक पनि १० दशमलव ५० अंकले घटेर दुई हजार चार दशमलव ७० अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि २४ दशमलव दुई अंकले घटेर नौं हजार ५५ दशमलव ३८ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुुचक पनि घटेका छन् । 

    नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो सिभिल बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्टान्र्डड चार्टड बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल बैंक परेको छ । 

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको