Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images
  • समाचार
  • यस्तो छ आज विदेशी मुद्राको विनिमय...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

images
  • 456
    SHARES
  • images
    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
    images
    images
    images


    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

    आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६६ पैसा र बिक्रीदर १३१ रुपैयाँ २६ पैसा रहेको छ । 

    यस्तै युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३७ पैसा कायम छ । अष्ट्रेलियन डलर खरिदमा ८६ रुपैयाँ र बिक्रीमा ८७ रुपैयाँ २९ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ । क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ, सिंगापुरे डलरको खरिददर ९४ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८५ पैसा रहेको छ।

    यसैगरि जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ २४ पैसा र बिक्रीमा ९ रुपैयाँ २८ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २६ पैसा र बिक्रीदर १८ रुपैयाँ ३४ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ७६ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र बिक्रीदर २८ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको