Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images
  • समाचार
  •  ब्राइट मल्टी कन्स्ट्रक्सन प्रा.लि. राष्ट्रिय कर...

 ब्राइट मल्टी कन्स्ट्रक्सन प्रा.लि. राष्ट्रिय कर दिवस, २०७९ बाट सम्मानित, प्रबन्ध निर्देशक बुढाथोकीले गरे आभार व्यक्त

 ब्राइट मल्टी कन्स्ट्रक्सन प्रा.लि. राष्ट्रिय कर दिवस, २०७९ बाट सम्मानित, प्रबन्ध निर्देशक बुढाथोकीले गरे आभार व्यक्त

images
  • 1.6K
    SHARES
  • images
     ब्राइट मल्टी कन्स्ट्रक्सन प्रा.लि. राष्ट्रिय कर दिवस, २०७९ बाट सम्मानित, प्रबन्ध निर्देशक बुढाथोकीले गरे आभार व्यक्त
    images
    images
    images

    काठमाडौं । ब्राइट मल्टी कन्स्ट्रक्सन प्रालि राष्ट्रिय कर दिवस, २०७९ बाट सम्मानित भएको छ ।  

    ४ जिल्ला काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापको सबैभन्दा बढी आयकर दाखिला गर्नेमा ब्राइट मल्टी कन्स्ट्रक्सन भएकाे छ ।

    आन्तरिक राजस्व कार्यालय धुलिखेल काभ्रेले बुधबार राष्ट्रिय कर दिवसको अवसरमा ब्राइट मल्टी कन्स्ट्रक्सन प्रालिका अध्यक्ष एवं प्रबन्ध निर्देशक राजकुमार बुढाथोकीलाई सम्मान पत्र हस्तान्तरण गरेको हो ।

    बागमती प्रदेश निर्माण ब्यवसायी महासंघका महासचिव समेत रहेका प्रबन्ध निर्देशक बुढाथोकीले उक्त अवसरमा आफू र आफ्नो संस्था सम्मानित भएकोमा धन्यवाद दिँदै भने, 'मेरो एकल प्रयासले मात्र यो स्थानमा आएको होइन, यो दिनसम्म ल्याइपुर्याउन सहयोग गर्नुहुने सम्पूर्ण मानुभावहरुमा हार्दिक आभार एवं नमन गर्न चाहान्छु ।’

    साथै उनले निजी क्षेत्रले सरकारले करदातालाई आकर्षित गर्ने विषयमा ध्यान दिनुपर्ने, तिर्ने र लिने विषयमा निजी क्षेत्रलाई सरकारले आकर्षित गर्नुपर्ने उनले बताए ।

    सरकारले हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर सर्वाधिक कर तिर्ने उद्योगी व्यवसायीलाई सम्मान गर्दै आएको छ । आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको दिन १ मंसिरलाई राष्ट्रिय कर दिवसका रूपमा मनाउँदै आएको छ ।

    सरकारले धेरै कर तिर्ने उद्योगी र व्यवसायीलाई कर दिवसका अवसरमा सम्मानित गर्दै आएको छ । 

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको