Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images
  • समाचार
  • वेस्टर्न युनियनका प्रमुख एजेन्टहरुद्वारा १० तोला...

वेस्टर्न युनियनका प्रमुख एजेन्टहरुद्वारा १० तोला सुन विजेताको नाम सार्वजनिक

वेस्टर्न युनियनका प्रमुख एजेन्टहरुद्वारा १० तोला सुन विजेताको नाम सार्वजनिक

images
  • 414
    SHARES
  • images
    वेस्टर्न युनियनका प्रमुख एजेन्टहरुद्वारा १० तोला सुन विजेताको नाम सार्वजनिक
    images
    images
    images

    काठमाडौं- वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले आफ्नो दशैं लक्षित सुनपती अभियानको विजेता रेविका सुनुवारको नाम सार्वजनिक गरेको छ । यस अन्र्तगत विजेताले बम्पर लक्की ड्र मार्फत १० तोला सुन जितेकी छन् । 

    वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो । नेपालमा ३५ वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दशैं, तिहार र छठलाई लक्षित गरी १० तोला सुनपती, दस हप्तासम्म उपहार कति कति अभियान शुरु गरेको थियो ।

    १० तोला सुनबाहेक भाग्यशाली विजेताहरुले प्रत्येक हप्ता, दस हप्तासम्म लक्की ड्रबाट दस दस जनाले चाँदीका सिक्का, मिक्सर ग्राइन्डर र इन्डक्सन चुलो पनि जितेका छन् । अभियानमा अहिलेसम्म तीन सय विजेताले उल्लेखित पुरस्कारहरु प्राप्त गरेका छन् । वेस्टर्न युनियनले सन् १९९६ देखि विश्वका २०० देशहरु बाट पैसा पठाउन र नेपालमा प्राप्त गर्ने सेवा दिदैँ आएको छ । 

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको