Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images

बाँकेको-१ मा एमालेका ढकाल विजयी

बाँकेको-१ मा एमालेका ढकाल विजयी

images
  • 491
    SHARES
  • images
    बाँकेको-१ मा एमालेका ढकाल विजयी
    images
    images
    images

    काठमाडौँ - बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले) का सूर्य ढकाल विजयी भएका छन् । उनी २५ हजार २६ मत प्राप्त गरी निर्वाचित भएको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिए । 

    लोकतान्त्रिक-वाम गठबन्धनबाट युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलाई पाँच हजार तीन सय ९४ मतले पराजित गर्दै उनी निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

    गहतराजले १९ हजार छ सय ३२ मत पाएका छन् । सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार चार सय ६५ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत प्राप्त गरेका छन् । तीन निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी १ नं निर्वाचन क्षेत्रमा एक लाख २१ हजार एक सय मतदाता छन् ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको