Logo

२०७९, माघ १४ गते शनिवार

images
images
  • समाचार
  • ‘म्याच फिक्सिङ’को अनुगमन गर्न आईसीसी टोली...

‘म्याच फिक्सिङ’को अनुगमन गर्न आईसीसी टोली काठमाडौंमा

‘म्याच फिक्सिङ’को अनुगमन गर्न आईसीसी टोली काठमाडौंमा

images
  • 519
    SHARES
  • images
    ‘म्याच फिक्सिङ’को अनुगमन गर्न आईसीसी टोली काठमाडौंमा
    images
    images
    images

    काठमाडौँ - ‘स्पट तथा म्याच फिक्सिङ’ भइरहेको भनेर आरोप लागेको नेपाल टी–२० लिगको अनुगमन गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का प्रतिनिधि बिहीबार काठमाडौं आइपुगेका छन् ।

    आईसीसी एन्टी करप्सन युनिट (एसीयू)का सिनियर इन्टिग्रिटी अफिसर एन्ड्रयू इफग्रेभको नेतृत्वमा दुई सदस्यीय टोली बिहीबार काठमाडौं आएका हुन् ।

    उनीहरूले आज बिहान प्रतियोगिता भइरहेको स्थल त्रिवि क्रिकेट मैदानमा पुगेर खेलाडी, अफिसियल तथा अम्पायरसँग कुराकानी गरेका थिए ।

    त्यस्तै इफग्रेभको टोली नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पनि पुगेर छलफल गरेका थिए । उनीहरूले राष्ट्रिय खेलकुद परिषद् (राखेप) पु्गेर सदस्यसचिव टंकलाल घिसिङसँग पनि छलफल गरेका थिए । यससँगै आईसीसी टोलीले सरोकार सबै निकायसँग छलफल गरेको छ ।

    सदस्यसचिव घिसिङसँगको छलफलमा आईसीसी टोलीका इफग्रेभले अहिलेको अवस्थामा केही बताउन नमिल्ने बताएका थिए ।

    उनीहरूले छानविनका लागि आफ्नो छुट्टै संयन्त्र भएको बताएका छन् । साथै राखेपले बनाएको छानविन समितिलाई हाम्रो सहयोग चाहिएमा आफुहरू सहयोगका लागि तयार भएको बताएका थिए ।

    नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई व्यापारिक तथा रणनीतिक साझेदार बनाएर आयोजना गरिएको नेपाल टी–२० लिगमा ‘स्पट तथा म्याच फिक्सिङ’ भइरहेको अरोप लागेको छ ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको