काठमाडौं । वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेलले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । बेलले ३३ वर्षको उमेरमा फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।
बेलले सामाजिक संजालबाट सन्यासको घोषणा गरेका हुन् ।
'होसियार र सोचविचार गरेर मैले क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल सन्यासको घोषणा गर्दछु', उनले भनेका छन् ।
बेल वेल्सका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले वेल्सका लागि १ सय ११ खेल खेलेका छन् । साउथह्याम्पटनबाट व्यवसायिक फुटबलको थालनी गरेका बेलाल्ले टोटेनहम र रियल मड्रिडबाट खेलेका थिए । पछिल्लो पटक उनले अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीबाट खेलेका थिए ।