Logo

२०७९, माघ १४ गते शनिवार

images
images

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

images
  • 421
    SHARES
  • images
    बढ्यो सुनको मूल्य
    images
    images
    images

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा बृद्धि भएको छ ।

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला रु पाँच सयले बढेर रु एक लाख तीन हजार नौ सय तोकिएको छ । उक्त सुन हिजो प्रतितोला रु एक लाख तीन हजार चार सयमा कारोबार भएको थियो । 

    महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार चार सय पुगेकामा अघिल्लो दिन रू एक लाख दुई हजार नौ सय थियो । 

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटी रु एक हजार तीन सय ६५ कायम भएको महासङ्घले जनाएको छ । 
    महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको