काठमाडौं - अमेरिका बसेर लामो समयदेखि गीत संगीतमा सक्रिय गायक सुदन गैरेले आफ्नो बिल्कुलै नयाँ कोसेली ‘चाहिदैन भो पैसाको थुप्रो नी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । पैसा कमाउनकै लागि विदेशिनु पर्दैन, विदेशजाने खर्चले नेपालमै केहि गर्न सकिन्छ भन्ने भन्ने भाव गीतले व्यक्त गरेको छ । यस गीतमा शब्द गणेश शाहीको रहेको छ भने संगीत स्वयम गायक गैरेको रहेको छ। गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन् ।
भिडियोमा दुई युवा दम्पतिको जीवन संघर्षलाई प्रस्तुत गरिएको छ । भिडियोमा बिना राउत र सरोज प्रजा फिचर्ड छन् । फराज अर्पणले छायाँकन र सम्पादन गरेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो । भिडियो ‘राइट ट्युन इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।