काठमाडौं - नेप्से पाँच अंकले बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज बिहिबार पाँच दशमलव ७१ अंकले बढेर २१ सय ७८ दशमलव ८१ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि एक दशमलव १५ अंकले बढेर चार सय १५ दशमलव पाँच अंकमा पुगेको छ । दुई सय ४६ वटा कम्पनीहरुको ५८ हजार छ सय ६५ पटकको कारोबारमा ८२ लाख ४७ हजार छ सय ४६ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम तीन अर्ब चार करोड ४५ लाख २९ हजार तीन सय २९ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा छ वटा समुहहरुले कमाएपनि सात वटा समुहहरुले भने गुमाएका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव २३ अंकले बढेर १४ सय एक दशमलव ६४ अंकमा पुग्दा जलबिद्युत, निर्जिवन बीमा, लगानी, सामुहिक लगानी कोष र ट्रेडिङ्ग समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुकको सुचक भने पाँच दशमलव ५९ अंकले घटेर तीन हजार नौं सय ३० दशमलव १५ अंकमा झर्दा फाईनान्स, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र अन्य समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कृषि बिकास बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुमारी धनबृद्धि योजना पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एनआईसी एशिया बैंक परेको छ ।