Logo

२०७९, माघ १४ गते शनिवार

images
images
  • पत्रपत्रिका
  • एमालेसंगको सहमति तोडेर काँग्रेसलाई राष्ट्रपति दिन...

एमालेसंगको सहमति तोडेर काँग्रेसलाई राष्ट्रपति दिन चाहन्छन् प्रचण्ड

एमालेसंगको सहमति तोडेर काँग्रेसलाई राष्ट्रपति दिन चाहन्छन् प्रचण्ड

images
  • 351
    SHARES
  • images
    एमालेसंगको सहमति तोडेर काँग्रेसलाई राष्ट्रपति दिन चाहन्छन् प्रचण्ड
    images
    images
    images

    काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपति निर्वाचन’ बारे छलफल भएको छ ।

    सत्तारूढ सातदलीय गठबन्धनका तर्फबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष प्रचण्ड प्रधानमन्त्री, एमालेले राष्ट्रपति र सभामुख पाउने सहमति भएको थियो । उपराष्ट्रपति माआवादी केन्द्र र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाउने सहमति भएको थियो ।

    सत्तारूढ दलबीच भएको सहमतिनुसार प्रधानमन्त्री, सभामुख, उपसभामुख निर्वाचन भइसकेको छ । पूर्वसहमतिनुसार एमालेले राष्ट्रपति पाउनेछ । माओवादी केन्द्रले पाउने उपराष्ट्रपतिमा सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)ले समेत दाबी गर्दै आएको छ ।

    जसपा यी प्रमुख पाँच पदमध्ये एक नपाएको अवस्थामा सरकारमै सहभागी नहुने अडानमा छ । उपराष्ट्रपतिमा दाबी गर्दै आएको जसपा अध्यक्ष उपेन्द्र यादवले यसबीच प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग भेटेर जानकारी गराइसकेका छन् ।

    प्रधानमन्त्री सचिवालयका अनुसार अगामी राष्ट्रपति, उपराष्ट्रपतिका साथै सरकारलाई समर्थन गरेर पनि बाहिरै रहेका दलको मागका साथै समसामयिक राजनीतिक अवस्था’बारे दुई नेताबीच छलफल भएको छ ।

    सत्तारूढ दलबीच भएको पूर्वसहमतिविपरित पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति उम्मेदवार’बारे आफूलाई विश्वासको मत दिने सत्तारूढ एमालेसहित नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोसपालगायत नेतास“ग राष्ट्रिय सहमति गर्ने विषयमा छलफल गरेका थिए ।

    राष्ट्रपति उम्मेदवार’बारे प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमति खोज्नु र विपक्षी दलस“ग समेत छलफल गर्नुले एमाले झस्किएको छ ।

    त्यस्तै, एमालेबाहेकका कम्युनिस्ट पार्टीले पार्टी एकता तथा मोर्चाबन्दी विषयमा छलफल थालेपछि एमाले रुष्ट छ ।

    अध्यक्ष ओलीले माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादीसहितका दलबीच एकताका लागि भइरहेको वार्ता’समेत प्रधानमन्त्री प्रचण्ड र जसपा अध्यक्ष यादवस“ग चासो राखेका छन् ।

    राष्ट्रपति निर्वाचनअघि यी पार्टीबीच ‘एकीकरण वा मोर्चा बन्दी भए राष्ट्रपति एमालेले नपाउने हो की ?’ भन्ने चिन्तासमेत ओलीमा बढेको स्रोतको दाबी छ ।

    त्यस्तै, अढाई वर्षपछि आलोपालोअनुसार प्रधानमन्त्री हुने सहमतिसमेत टुट्नसक्ने हुनाले ओली यी पार्टीबीच ‘एकीकरण वा मोर्चाबन्दी नहोस्’ भन्ने पक्षमा छन् ।

    एमालेबाटै विभाजन भएर गठन भएको एकीकृत समाजवादीस“ग पार्टी एकता भएको खण्डमा सो पार्टी अध्यक्ष माधवकुमार नेपालले सहमति कार्यान्वयन हुन दिनेछैनन् । राजधानी दैनिकबाट

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको