Logo

२०७९, माघ १४ गते शनिवार

images
images

सुस्ता बचाउ अभियानका संयोजक गुरुङको निधन 

सुस्ता बचाउ अभियानका संयोजक गुरुङको निधन 

images
  • 344
    SHARES
  • images
    सुस्ता बचाउ अभियानका संयोजक गुरुङको निधन 
    images
    images
    images

    भैरहवा । सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन भएको छ । गुरुङको उपचारको क्रममा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा मंगलबार साँझ निधन भएको हो ।

    गुरुङ एक महिनाअघि मस्तिष्कघात भई उपचाररत थिए । नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाश प्राप्त गुरुङ २०५५ देखि सुस्तामा बसेर अतिक्रमणविरुद्ध लड्दै आएका थिए ।

    २०६२ सालदेखि भारतीय पक्षले सुस्ता अतिक्रमणलाई तीव्रता दिएपछि सोही सालको जेठ १७ गते गुरुङले ‘सुस्ता बचाउ अभियान’ नामक समिति गठन गरेर अतिक्रमणको विरुद्ध अभियान चलाएका थिए ।

    नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाशप्राप्त गुरुङ विसं २०५५ देखि सुस्तामा बसेर भारतीय अतिक्रमणविरुद्ध लडिरहेका थिए । उनले   सुस्ता बचाउन संगठित अभियान नै चलाएपछि भारतीय सुरक्षाकर्मीले गुरुङलाई झुटा मुद्दा लगाएर बगाहा जेलमा एक वर्ष कैद गरेका थिए ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको